ओली–प्रचण्डबीच बालुवाटारमा छलफल चल्दै



काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ ।

सोमबार बिहान ९ः३० बजेदेखि दुई अध्यक्षबीच छलफल शुरु भएको हो । स्थायी कमिटी बैठकअघि सहमतिको अधिकतम प्रयास खोज्ने भन्दै बैठक स्थगित गरिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने अडान दोहो-याएपछि विवाद झनै बढेको छ । दाहाल–नेपाल समूह ओलीले एउटा पद छाड्नु पर्ने अडानमा छन् ।

प्रकाशित : असार २२, २०७७

प्रतिक्रिया दिनुहोस्