सशस्त्र प्रहरी धनुषाले उठायो ४ करोडभन्दा बढी राजश्व



जनकपुरधाम : सशस्त्र प्रहरी धनुषाले चालु आर्थिक वर्षमा ४ करोडभन्दा बढी राजश्व संकलन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गण धनुषाले चालु आर्थिक वर्ष २०७६/०७७ को साउन महिनादेखि असार १९ गतेसम्ममा ४ करोड बढि राजश्व संकलन गरेको हो । सशस्त्र प्रहरी धनुषाका उपरीक्षक राजेश उप्रेतीले यस आर्थिक वर्षमा ४ करोड २९ लाख ६७ हजार ९४ रुपैयाँ ६० पैसा राजश्व संकलन गरिएको जानकारी दिए ।

गत आर्थिक वर्षभन्दा झण्डै तीन गुणा बढी राजश्व संकलन गरिएको प्रहरी उपरीक्षक उप्रेतीले बताए । गत आर्थिक वर्ष २०७५/०७६ मा सशस्त्र प्रहरी धनुषाले कुल १ करोड ७९ लाख ३ हजार ८ सय ३१ रुपैयाँ राजश्व संकलन गरेको थियो भने आर्थिक वर्ष २०७४/०७५ मा १ करोड ६३ लाख ९५ हजार ५१ रुपैयाँ र आर्थिक वर्ष २०७३/०७४ मा मात्र ६३ लाख ५ हजार ४ सय १ रुपैयाँ संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको साउन मसान्तमा ७१ लाख ४१ हजार ३ सय ६०, भदौमा २३ लाख ८१ हजार ५ सय २१, असोजमा ४६ लाख ३५ हजार २ सय ५९, कार्तिकमा ६७ लाख ९९ हजार ८ सय ३७, मंसिरमा ४४ लाख १७ हजार ७ सय ४१, पुषमा २४ लाख ३१ हजार ८ सय ५, माघमा ४३ लाख ४६ हजार १ सय ५०, फाल्गुनमा ६० लाख ६४ हजार ६ सय ७९, चैतमा २७ लाख ४८ हजार ७ सय ३०, बैशाखमा १७ हजार ६ सय, जेठमा ८ लाख ९६ हजार ५ सय ७१ र असार १ देखि १९ गतेसम्ममा १० लाख ८५ हजार ८ सय ४१ रुपैयाँ राजश्व संकलन भएको सशस्त्र प्रहरीको तथ्यांकमा उल्लेख छ ।
सशस्त्र प्रहरी धनुषाले यसअघि गत आर्थिक बर्ष २०७५/०७६ को साउनमा ५ लाख ४९ हजार ८ सय ३७, भदौमा २ लाख ६१ हजार ३ सय १५, असोजमा ३ लाख ६२ हजार ४ सय ६०, कार्तिकमा ९ लाख ५५ हजार ५ सय ५७, मंसिरमा २५ लाख १३ हजार ६ सय ११, पुषमा ८ लाख ९० हजार ७ सय ३५, माघमा ३१ लाख ४२ हजार ४ सय १३, फाल्गुनमा १५ लाख ३७ हजार २ सय ५०, चैतमा १३ लाख ८० हजार २८, वैशाखमा २३ लाख ६६ हजार ३ सय ४०, जेठमा २६ लाख ८९ हजार २ सय ९७ र असारमा १२ लाख ५४ हजार ९ सय ३८ रुपैयाँ राजश्व संकलन गरेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७४/०७५ को साउनमा १ लाख २३ हजार ९ सय, भदौमा १ लाख ४४ हजार ९ सय १०, असोजमा ३ लाख २९ हजार ८ सय ३४, कार्तिकमा ७८ हजार ७ सय ८०, मंसिरमा ५ लाख ४१ हजार २ सय ४५, पुषमा १२ लाख ८९ हजार ९ सय ५, माघमा २ लाख ५० हजार ८ सय ३०, फाल्गुनमा ८ लाख ८७ हजार ८ सय २०, चैतमा ८९ लाख ४९ हजार १ सय १०, बैशाखमा ५ लाख ७८ हजार १ सय, जेठमा २३ लाख ५७ हजार २ सय ५२ र असारमा ८ लाख ६३ हजार ३ सय ६५ रुपैयाँ राजश्व संकलन गरेको थियो भने आर्थिक बर्ष २०७३/०७४ को साउनमा २ लाख ६० हजार ५१, भदौमा १ लाख ८२ हजार ५ सय १५, असोजमा ३ लाख ९ हजार ९ सय २९, कार्तिकमा १३ लाख ७८ हजार ९ सय २३, मंसिरमा ७ लाख ५३ हजार ६ सय ९०, पुषमा ८ लाख ३६ हजार ९ सय २४, माघमा २ लाख १६ हजार ७ सय १३, फाल्गुनमा ७ लाख ९२ हजार २ सय १६, चैतमा ९ लाख ९४ हजार १ सय ८०, वैशाखमा ७३ हजार ९ सय ८०, जेठमा २ लाख ४ हजार ३ सय १० र असारमा ३ लाख १ हजार ९ सय ७० रुपैयाँ राजश्व उठाएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गण तथा यस मातहतका वेश र विओपी मार्फत उठेको राजश्व रकम जनकपुर भन्सार कार्यालयलाई बुझाइएको प्रहरी उपरीक्षक उप्रेतीले जानकारी दिए ।

प्रकाशित : असार २२, २०७७

प्रतिक्रिया दिनुहोस्