नेप्से ३३ अंकले बढ्यो



काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज (सोमबार) ३३.२७ अंकले बढेर १२९८.७३ विन्दुमा पुगेको छ ।

कुल १७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता सेयर ९२ करोड ७८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।

सोमबार सामूहिक लगानी कोष समूहबाहेक कारोबार भएका सबै समूहको सूचक बढेको छ । जसमध्ये जीवन बिमा समूहको सूचक सबैभन्दा धेरै २६६.४३ अंकले बढेको छ ।

यस दिन ग्लोबल आइएमई लघुवित्त, नेपाल पुनर्बिमा कम्पनी, सूर्योदय लघुवित्त, ग्रामीण विकास लघुवित्त लगायतका कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । समग्र परिसूचकमा उच्च अंकको वृद्धि भएको दिन राधि जलुविद्युतको शेयरमूल्य सबैभन्दा धेरै प्रतिशतले घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै अर्थात १४ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भई अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्