प्रदेश २ः पछिल्लो २४ घण्टामा २९ जना थपिए, ५६ जना डिस्चार्ज,संक्रमितको संख्या ३ हजार ७३७



जनकपुरधामः प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा २९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार महोत्तरीमा २० जना, सर्लाहीमा ८ जना र धनुषामा १ जना व्यक्ति संक्रमित भएका छन् ।

सोमबार संक्रमित भएकाहरु मध्ये ४ जना महिला र २५ जना पुरुष रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ७ सय ३७ पुगेको छ । संक्रमित मध्ये ३ हजार ४ सय ९० पुरुष र २ सय ४७ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

महोत्तरीमा संक्रमण पुष्टी भएकाहरु भङ्गहा नगरपालिकास्थित क्वारेन्टाइनका १८ देखि ४५ बर्ष उमेर समुहका २० जना पुरुषहरु रहेका छन् भने सर्लाहीको चक्रघट्टा क्वारेन्टाइनमा रहेका १४ देखि ५३ बर्ष उमेर समुहका ४ जना महिला र ३ बर्षिय बालकदेखि ५१ बर्ष उमेर समुहका ४ जना पुरुषहरु समेत संक्रमित भएका छन् ।

त्यस्तै धनुषाको धनौजी गाउँपालिकास्थित क्वारेन्टाइनका २० बर्षिय एक पुरुष समेत संक्रमित भएका हुन् । प्रदेशभरीमा सोमबारसम्म सप्तरीमा ४ हजार ८ सय ८९, सिरहामा २ हजार ८ सय ९५, धनुषामा ४ हजार ४ सय ७९, महोत्तरीमा ३ हजार ५ सय ५६, सर्लाहीमा ५ हजार ७ सय १९, रौतहटमा १३ हजार ५ सय १३, बारामा ३ हजार ६ सय १७ र पर्सामा ७ हजार १ सय ५६ जना गरि कुल ४५ हजार ८ सय २४ जनाको स्वाब परिक्षण गरिएकोमा ३ हजार ७ सय ३७ जना संक्रमित भएका छन् भने ३९ हजार २ सय ८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा २ सय २१, सिरहामा ५ सय ८२, धनुषामा २ सय २२, महोत्तरीमा ३ सय ५०, सर्लाहीमा ३ सय ७३, रौतहटमा ६ सय २९, बारामा ३ सय २२ र पर्सामा ९९ जना गरि कुल २ हजार ७ सय ९८ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज (सोमबार) मात्रै सप्तरीमा ९८, सिरहामा ५०, धनुषामा २८, महोत्तरीमा ८, सर्लाहीमा ९२, बारामा ३८ र पर्सामा ९९ जना गरि कुल ४ सय १३ जनाको स्वाब संकलन गरिएको छ भने सप्तरीमा १७, सिरहामा ६८ र पर्सामा २ सय ९३ गरि जम्मा ३ सय ७८ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म २२ हजार ४ सय ५३ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा १ सय ३५, धनुषामा १ सय ६६, महोत्तरीमा ४ सय ६७, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४४ र पर्सामा २१ जना गरि कुल १ हजार २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २१ हजार ४ सय २६ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ७ सय ९१ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले ३ हजार ५६ जनालाई राखिएको छ भने १८ हजार ८ सय ९० जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ९ सय ६८ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय २४, सिरहामा ९८, धनुषामा १ सय २२, महोत्तरीमा १ सय ९, सर्लाहीमा ३४, रौतहटमा १ सय २९, बारामा ८ र पर्सामा ८ जना गरि कुल ६ सय ३२ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ७ सय ३, सर्लाहीमा ६ सय ४९, धनुषामा ४ सय ६२, सप्तरीमा २ सय ३७, सिरहामा १ सय ९५, पर्सामा १ सय ६२ र बारामा १ सय ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५६ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका ६ जना, सर्लाहीका ३४ जना र रौतहटका १६ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ सय २१, सिरहाका ७६, धनुषाका ३ सय १९, महोत्तरीका १ सय ९७, सर्लाहीका ५ सय ५९, रौतहटका ५ सय ४१, बाराका १ सय ७ र पर्साका १ सय ७१ जना गरि २ हजार ९१ जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १-१ जना गरि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्