स्थानीय तहका मुक्त कमैया परिवारलाई इन्डक्सन चुलो वितरण



धनगढीः कैलालीका विभिन्न स्थानीय तहका मुक्त कमैया परिवारलाई इन्डक्सन चुलो वितरण गरिएको छ ।

जिल्लाको कैलारी गाउँपालिका, घोडाघोडी, गौरीगंगा र भजनी नगरपालिकाका मुक्त कमैया परिवारलाई इन्डक्सन चुलो वितरण गरिएको हो ।

ओरेक नेपाल र युएन वमनले स्थानीय तहको समन्वयनमा ६० मुक्त कमैया परिवारलाई इन्डक्सन चुलो र आवश्यक भाडा वितरण गरिएको छ ।

ओरेक नेपाल कैलालीकी जिल्ला संयोजक विनु रानाले जिल्लाको कैलारी गाउँपालिकाका ३०, घोडाघोडी, गौरीगंगा र भजनी नगरपालिकाका १०–१० परिवारलाई चुलो वितरण गरिएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्