मन्त्रिपरिषद बैठक बस्दै , आईजीपी नियुक्त गर्ने



काठमाडौं । मंगलबार (आज)मन्त्रिपरिषद बैठक बस्दैछ । वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश भएपछि अपरान्ह ४ बजे बूने बैठकले नेपाल प्रहरीमा नयाँ प्रमुख छनोट गर्दै छ ।

नयाँ आईजीपीका लागि एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पालको प्रतिस्पर्धा छ । उनीहरु दुई जना मध्ये एक जना नेपाल प्रहरीको २८ औँ आईजीपी बन्ने देखिन्छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ । सँगै नयाँ आईजीपीको स्वागत कार्यक्रम पनि राखिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्