
काठमाडौं : प्रमुख प्रतिक्ष दल नेपाली कांग्रेस र जनता समावपादीबीच मंगलबार छलफल भएको छ ।
कांगेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), नागरिकता संशोधनलगायत तत्काल गरिनुपर्ने विषयमा छलफल हुनुपर्नेमा संसद अधिवेशन अन्त्य गरिएको भन्दै दुई पार्टीका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।
देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा जसपाका महन्त ठाकुर,उपेन्द्र यादव, राजेन्द्र महतो, बाबुराम भट्टराई सहभागी छन् । त्यस्तै कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला सहभागी भएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।
जसपा नेताहरुले भेटघाटका लागि बोलाएकाले छलफल डाकिएको उनले बताए ।
प्रकाशित : असार २३, २०७७