इनफ इज इनफ अभियानसँग १२ बुँदे सहमति, आरडिटी परीक्षण स्थगित गर्ने निर्णय



काठमाडौंः स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको आरडिटी परीक्षण स्थगित गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले इनफ इज इनफ अभियानसँग १२ बुँदे सहमति गर्दै आरडिटी परीक्षण स्थगित गर्न निर्णय गरेको हो ।

सहमतिपत्रको तेस्रो बुँदामा (कोभिड-१९) पहिचानका लागि आरडिटी प्रयोग स्थगित गर्ने भनेर उल्लेख गरिएको छ ।

कोरोना भाइरसको महामारीसँग जुध्न सरकारले पर्याप्त कदम नचालेको भन्दै बालुवाटारमा प्रदर्शन गर्दै इनफ इज इनफ अभियान सुरू भएको थियो ।

सहमति पछि पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका इनअफ इज इनफका दुई युवाले अनसन तोडेका छन् ।

कोरोना नियन्त्रणमा सरकारले हेलचक्राई गरेको भन्दै उनीहरु असार १२ गते देखि सरकार विरुद्ध अनिश्चितकालिन अनसनमा बसेका थिए ।

उनीहरुले सरकारसँग भएको सहमति कार्यान्वयन नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भने आरडिटी परीक्षण अनिवार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्