६६ करोड भन्दा धेरै डाउनलोड भयो ‘टिकटक’



एजेन्सी : सोसल भिडियो सेयरिङ एप ‘टिकटक’ एक अर्ब भन्दा धेरै पटक डाउनलोड भइसकेको छ । सन् २०१८ मा यसलाई ६६ करोड बढी पटक डाउनलोड गरिएको थियो । जबकी इन्स्टाग्राम ४४ करोड ४० लाख पटक डाउनलोड भएको छ । यो जानकारी ऐप एनालिटिक्स कम्पनी सेन्सर टावरको एक रिपोर्टले सार्वजनिक गरेको छ । यस रिपोटले ‘टिकटक’ चर्चित हुँदा फेसबुक र स्न्यापच्याट जस्ता ठूला कम्पनी प्रभावित हुनेछन् ।

सेन्सर टावरका संस्थापक ओलिवर येहले सन् २०१८ मा ‘टिकटक’ ६६ करोड ३० लाख पटक डाउनलोड गरिएको छ । यसरी टिकटक सबैभन्दा धेरै डाउनलोड हुने मोबाइल एपको नन–गेम क्याटगोरीको चौथो स्थानमा पुगेको छ । यसमा ऐपको लाइट र रिजनल भर्सन पनि समावेश थिए । चीनमा एन्ड्रोइड प्लेटफर्ममा भएको डाउनलोडलाई यसमा समावेश गरिएको छैन ।

समान समयावधिमा सोसल मिडिया कम्पनी फेसबुक एपलाई ७१ करोड १० लाख पटक डाउनलोड गरिएको छ । रिपोर्ट अनुसार जनवरी सन् २०१९ मा नै आइओएस र एन्ड्रोइड एपे स्टोरमा ‘टिकटक’का विभिन्न भर्सनलाई ७ करोड १० लाख नयाँ प्रयोग कर्ताले डाउनलोड गरेका थिए । यो आँकडा जनवरी २०१८ को तुलनामा २ दशमलव ६ गुना धेरै रहेको छ ।

सन् २०१७ डिसेम्बरमा बाइट डान्सले म्यूजिक भिडियो ऐप म्युजिकल्लीलाई १ बिलियन डलरमा खरिद गरेको थियो । दुई ऐप्सको मर्जर पछि सन् २०१८ को क्रममा टिकटक अत्यधिक चर्चित बनेको थियो । टिकटकलाई पछ्याउँदै फेसबुकले बिककय नामबाट आफ्नो फनी सोसल भिडियो एप लञ्च गरेको थियो । तर यो सफल हुन सकेन । यति मात्रै होइन, डिसेम्बर सन् २०१८ मा स्न्यापच्याटले लेन्स च्यालेन्ज नामको एउटा फिचर पनि लञ्च गरेको थियो । यो फिचरले प्रयोगकर्तालाई ‘टिकटक’ जस्तो लिप सिंकिंग भिडियो सेयर गर्ने सुविधा दिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्