चिनियाँ दूतावास अगाडि ‘गो ब्याक चाइना’ भन्दै प्रदर्शन



काठमाडौंः काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि युवाहरूले ‘गो ब्याक चाइना’ भन्दै प्रदर्शन गरेका छन् ।

नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप स्वीकार्य नहुने भन्दै हातमा नेपालका लागि चिनियाँ राजदूतको फोटो सहितको प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

‘न भारत न चीन, हाम्रो देशको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप हामीलाई स्वीकार्य छैन,’ प्रदर्शनमा पुगेकी एलिजा ढकालले भनिन्,‘चिनियाँ राजदूतको दौडधुप र भेटघाटको विरोधमा दूतावास अगाडि मौन विरोध प्रदर्शन गर्यौं ।’

प्रदर्शनमा उत्रिएकाहरूले ‘गो ब्याक चाइना’ लेखेको प्लेकार्ड बोकेका थिए । पछिल्ला दिनमा चिनियाँ राजदूतले सत्तारूढ नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गरेका खबरहरू आएका छन् ।

नेकपाभित्र आन्तरिक विवाद भएका बेला राजदूत सक्रिय भएको भन्दै आलोचना भएको हो ।

प्रतिक्रिया दिनुहोस्