५ हजार घुससहित प्रहरी सहायक निरिक्षक पक्राउ



जनकपुरधामः सर्लाहीमा घुस रकम सहित एक प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् ।

प्रहरी चौकी गौरीशंकरका प्रहरी सहायक निरीक्षक राम विश्वास राय यादवलाई ५ हजार घुस सहित आज (मंगलबार) पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले जनाएको छ ।

यादवले भारतीय नम्बरको मोटरसाईकल नियन्त्रणमा लिई छुटाई दिने प्रयोजनका लागि एकजना सेवाग्राहीसँग घुस मागिरहेको सूचना एवं उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

आयोगको कार्यालयबाट खटेको टोलीले प्रहरी सहायक निरीक्षक यादवलाई घुस लिईसकेको अबस्थामा ईश्वरपुर नगरपालिका वडा नं. १० श्रीनगर महारानी बजारस्थित उनकै कार्यालय परिसरबाट रङ्गेहात पक्राउ गरिएको अख्तियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्