प्रदेश २ :१७ थपिए,१२१ डिस्चार्ज,२ हजार १७५ जनाको रिपोर्ट आउन बाँकी



जनकपुरधामः प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा १७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार महोत्तरीमा ९ जना र धनुषामा ८ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ७ सय ५४ पुगेको छ । संक्रमित मध्ये ३ हजार ५ सय ७ पुरुष र २ सय ४७ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

महोत्तरीमा संक्रमण पुष्टी भएकाहरु भङ्गहा नगरपालिका वडा नम्बर–५ स्थित क्वारेन्टाइनका १७ देखि ४५ बर्ष उमेर समुहका ९ जना पुरुषहरु रहेका छन् भने धनुषाको सबैला नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका १८ देखि ३३ बर्ष उमेर समुहका ८ जना पुरुषहरु समेत संक्रमित भएका छन् ।

प्रदेशभरीमा मंगलबारसम्म सप्तरीमा ५ हजार ५, सिरहामा २ हजार ८ सय ९५, धनुषामा ४ हजार ५ सय ४९, महोत्तरीमा ३ हजार ५ सय ५६, सर्लाहीमा ५ हजार ७ सय १९, रौतहटमा १३ हजार ६ सय ४५, बारामा ३ हजार ६ सय ३९ र पर्सामा ७ हजार १ सय ५८ जना गरि कुल ४६ हजार १ सय ६६ जनाको स्वाब परिक्षण गरिएकोमा ३ हजार ७ सय ५४ जना संक्रमित भएका छन् भने ४० हजार २ सय ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
त्यस्तै सप्तरीमा २ सय ४६, सिरहामा ४ सय ५०, धनुषामा २ सय ५२, महोत्तरीमा ३ सय ३०, सर्लाहीमा ३ सय ७२, रौतहटमा ३ सय ४५, बारामा ७९ र पर्सामा १ सय १ जना गरि कुल २ हजार १ सय ७५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज (मंगलबार) मात्रै सप्तरीमा १ सय १६, धनुषामा ७०, रौतहटमा १ सय ३२, बारामा २२ र पर्सामा २ जना गरि कुल ३ सय ४२ जनाको स्वाब संकलन गरिएको छ भने सिरहामा ३४, महोत्तरीमा १ र पर्सामा २ सय ३४ गरि जम्मा २ सय ६९ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म २२ हजार ७ सय २२ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा १ सय ४०, धनुषामा १ सय ६६, महोत्तरीमा ४ सय ६७, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४४ र पर्सामा २१ जना गरि कुल १ हजार ३२ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २१ हजार ६ सय ९० जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।
प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ७ सय ९१ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले २ हजार ६ सय ७२ जनालाई राखिएको छ भने १९ हजार ५ सय ५५ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ९ सय ६८ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय २४, सिरहामा १ सय ६, धनुषामा १ सय ८, महोत्तरीमा १ सय ६, सर्लाहीमा ३४, रौतहटमा ६०, बारामा ८ र पर्सामा ८ जना गरि कुल ५ सय ८४ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ७ सय १२, सर्लाहीमा ६ सय ४९, धनुषामा ४ सय ७०, सप्तरीमा २ सय ३७, सिरहामा १ सय ९५, पर्सामा १ सय ६२ र बारामा १ सय ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा १ सय २१ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका १७ जना, महोत्तरीका १३ जना, सर्लाहीका १९ जना र रौतहटका ७२ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ सय २१, सिरहाका ७६, धनुषाका ३ सय ३६, महोत्तरीका २ सय १०, सर्लाहीका ५ सय ७८, रौतहटका ६ सय १३, बाराका १ सय ७ र पर्साका १ सय ७१ जना गरि २ हजार २ सय १२ जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेका छन् । प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १-१ जना गरि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्