ब्राजिलमा कोरोनाले एकै दिन १३ सय १२ को मृत्यु, ४८ हजार ५८४ संक्रमित



एजेन्सी : ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ६६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार ३१२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६६ हजार ८६८ पुगेको छ ।

यस्तै एकै दिन ४८ हजार ५८४ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १६ लाख ७४ हजार ६५५ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १० लाख ७२ हजार २२९ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ३५ हजार ५५८ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्