नौ सयले लिए पुनः श्रम स्वीकृति



काठमाडौँ : वैदेशिक रोजगारीमा जानका लागि मङ्गलबारसम्म झन्डै नौ सय जनाले पुनः श्रम स्वीकृति लिएका छन् । सरकारले बिदामा आएका भिसा र करार अवधि भएकालाई पुनः श्रम स्वीकृति (रिइन्ट्री) दिने गरी खुला गरेसँगै त्यो सङ्ख्याका श्रमिकले पुनः श्रम स्वीकृति लिएका हुन् ।

नेपालले श्रम स्वीकृतिका लागि खुला गरेका देशमध्ये यस अवधिमा विभिन्न १९ देशमा पुनः श्रम स्वीकृति दिएको ताहचलस्थित श्रम कार्यालयले जनाएको छ ।

कोभिड–१९ को महामारीका कारण गत फागुन ३० गतेदेखि बन्द रहेको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने प्रक्रिया गत बिहीबारदेखि पुनः सुरु भएको हो । पछिल्लो पटक सुरु गरेपछि सबैभन्दा धेरै यूएईका लागि चार सय जनाले श्रम स्वीकृति लिएका छन् भने त्यसपछि जापान १४९, कतार ८५, मलेसिया ६० जनाले श्रम स्वीकृति लिएको जनाइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्