अमेरिकामा एकै दिन ५५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण



एजेन्सी : ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ५५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ५५ हजार २६२ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३० लाख ९६ हजार ९०४ पुगेको छ ।

बुधबार बिहानसम्म १ लाख ३३ हजार ९७१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९९२ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १३ लाख ५४ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १६ लाख ८ हजार ७० जनामध्ये १५ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्