यस्ताे छ आज सुनको मूल्य



काठमाडौँ : आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बुधबार प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार ५ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ९ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्