‘आयौं चेली माइती सम्झेर’ सार्वजनिक (भिडियोसहति)



काठमाडौं : आयौँ चेली माइती सम्झेर बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गज्जब टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा घनश्याम ओली शब्द, दिपक शर्माको संगीत, कृष्ण विकको एरेन्ज रहेको छ ।

श्यामश्वेत रसाइलीले मिक्सिङ गरेको गीतमा गायिका रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारीले स्वर दिएका छन् । यस म्युजिक भिडियोको छायांकन नवराज उप्रेती, सम्पादन अमन मानन्धरले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्