जनकपुरका तीन वटा पेट्रोल पम्पमा छडके चेकजाँच



जनकपुरधाम : कम मात्रामा पेट्रोलियम पदार्थ विक्री गरिरहेको गुनासोको आधारमा जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरका तीन वटा पेट्रोल पम्पमा छडके चेकजाँच गरेको छ ।

गुणस्तर तथा नापतौल कार्यालय, जनकपुरधाम उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग र जिल्ला प्रहरी कार्यालयको संयुक्तटोलीले गरेको छडके चेकजाँचको क्रममा पेट्रोलियम पदार्थको बिक्री परिमाणमा अनियमितता गरे कारवाही गर्ने सम्बन्धित पेट्रोल पम्पका सञ्चालकहरुलाई चेतावनी दिइएको छ ।

No description available.

चेकजाँच गरिएका पेट्रोल पम्पहरु जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको राम आयल स्टोर्स, वडा नं. २३ बिन्धीस्थित माँ सोनासती आयल स्टोर्स र सोही वडाको अभिशेष आयल स्टोर्स रहेको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकिय अधिकृत गणेश मिश्रले बताए ।

प्रशासकिय अधिकृत मिश्रको अगुवाईमा संयुक्त टोलीले गरेको चेकजाँचको क्रममा वडा नं. ८ स्थित राम आयल स्टोर्सको चारवटा नोजलहरु जाँच गर्दा मापदण्ड भित्रै भेटिएको छ भने वडा नं. २३ स्थित माँ सोनासती आयल स्टोर्समा सञ्चालमा रहेको पाँचवटा नोजलहरु चेकजाँच गर्दा तिनवटा मापदण्ड भित्रै देखिएको छ भने एउटामा मेजरमेन्टको फल्कचुएशन भएको र अर्कोमा प्रति पाँच लिटर इन्धनमा तिनसय एमएल बढि इन्धन प्रवाह भएको देखिएकाले नोजल शिल गरि तिन दिन भित्र मर्मत गरि मात्र प्रयोग गर्न आदेश दिइएको छ ।

No description available.

त्यस्तै सोहि वडाको अभिशेष आयल स्टोर्सको सञ्चालमा रहेको चारवटा नोजलहरुको चेकजाँच गर्दा तिनवटा नोजलहरु मापदण्ड भित्रै देखिएको छ भने एउटाको डिस्पले विग्रेको देखिएपछि त्यसलाई तिनदिन भित्र मर्मत गरि मात्र प्रयोग गर्न निर्देशन दिइएको टोली प्रमुख मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्