बुधबार २५५ जना कोरोना संक्रमित थपिए



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ५५ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार ४ हजार ६ सय ९६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५५ जना संक्रमित भेटिएका जानकारी दिए ।

त्यस्तै बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

नेपालमा हाल ८ हजार ६ सय ३६ जना कोरोना संक्रमित उपचारका लागि आइसोलेसनमा छन् ।

प्रकाशित : असार २४, २०७७

प्रतिक्रिया दिनुहोस्