‘आई एम विथ केपी ओली’ भनेर प्रधानमन्त्रीको पक्षमा जन प्रदर्शन



काठमाडौं : देशमा सरकार विरुद्ध मात्र हैन सरकारको पक्षमा पनि आन्दोलन हुने गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बुधबार काठमाडौं उपत्यका विभिन्न स्थानमा प्रदर्शन भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रैबाट प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग भइरहेका बेला उनको समर्थकले सडकमा प्रदर्शन थालेका छन् ।

This image has an empty alt attribute; its file name is KP-Sharma-oli-samarthan-6-768x317.jpg

बुधबार काठमाडौंका मुख्य स्थान कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा ओलीको समर्थन प्रदर्शन भएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीको समर्थनमा बनेको ‘ग्रुप’हरुको आह्वानमा बुधबार प्रदर्शन भएको हो ।

‘फेर्नु छ चाँडो देशको मुहार हाम्रो भविष्य हाम्रो सरकार’ब्यानरसहित प्रदर्शनमा सहभागीहरुले ‘जनता नेकपाको स्थायी सरकार चाहन्छन् !’, ‘आई एम विथ केपी ओली’, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्