सरिता गिरीलाई पार्टीले गरेको कारबाही पत्र संसदमा



काठमाडौंः सरिता गिरीलाई समाजवादी पार्टीले गरेको कारबाहीको पत्र संघीय संसद सचिवालयमा पुगेको छ ।

लिम्यिाधुरासहितको नेपालको नयाँ राजनीतिक नक्साको विरोधमा संशोधन हालेको र फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेको भन्दै पार्टीले उनलाई पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

उक्त कारबाहीको पत्र आज (बुधबार) संसद सचिवालयमा पुगेको छ । कानुनी प्रक्रिया मिले नमिलेको हेरेर संसद सचिवालयका महासचिवले सभामुख समक्ष पेश गर्ने र सभामुखबाट निर्णय भएपछि सांसद पद निलम्बनबारे सूचना जारी गर्ने काम बाँकी रहेको सचिवालयले जनाएको छ ।

उनलाई कारबाही गरिएको पार्टीको पत्र लिएर समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया र सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायत संसद सचिवालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्