भारतमा एकै दिन २५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण



एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २१ हजार १४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४९१ जनाको मृत्यु भएको छ भने २५ हजार ५७१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७ लाख ६९ हजार ५२ पुगेको छ ।

संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो । संक्रमितमध्ये ४ लाख ७६ हजार ५५४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्