भारतीय हास्य कलाकार जगदिपको निधन



एजेन्सी : भारतीय हास्य कलाकार जगदिपको निधन भएको छ ।

८१ वर्षीय जगदिपको बुधबार बिहान मुम्बईस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बुढेसकाल लागेसँगै विभिन्न रोगले थलिएका उनको बुधबार बिहान साढे ८ बजे निधन भएको बताइएको छ ।

बास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी रहेका जगदीप फिल्म शोलेमा खेलेको सुरमा भोपालीको चरित्रले बलिउडमा चर्चित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्