कोरोना सक्रमति ब्राजिलका राष्ट्रपतिसँग ओलीलाई तुलना गर्दैको गगन थापाद्वारा कटाक्ष



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले जिम्मेवारी पदमा बसेर उटपट्याङ कुरा गर्ने ब्राजिलको राष्ट्रपति बोल्सोनारो को अवस्था नेपालको प्रधानमन्त्री केपी ओलीले जानकारी पाए नपाएको जिज्ञासा राखेका छन्।

कोरोनोको विषयमा उटपट्याङ तर्क राख्ने ब्राजिलका राष्ट्रपति मंगलबार कोरोना संक्रमित भएका थिए। उनै राष्ट्रपतिसँग थापाले नेपालका प्रधानमन्त्रीसँग तुलना गरेका हुन्।

सामाजिक सञ्जालमा थापा लेख्छन्, ‘कोरोनाका विषयमा उटपट्याङ बोल्थे। आफू स्वास्थ्य सावधानी नअपनाउने उल्टै स्वस्थ व्यक्तिलाई केही हुन्न भन्ने र अप्रमाणित उपचार विधि सुझाउँथे।’ अप्रमाणित तर्क गर्ने ब्राजिलका राष्ट्रपति आफै संक्रमित भएका छन्।


अप्रमाणित विषयमा अभिव्यक्ति दिने प्रधानमन्त्री ओलीलाई ब्राजिलका राष्ट्रपतिको नियति सुनाउँदै थापाले सोध्छन्, ‘उटपट्याङ काम कुरा गर्ने हाम्रा तिरकाले यो थाह पाए कि पाएनन् होला?’

बोल्सोनारोको स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओलीले केही घण्टा पहिले ट्विट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्