रूसमा कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो



एजेन्सी : ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

विहीबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १७३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार ६६७ पुगेको हो ।

एकै दिन ६ हजार ५६२ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख ७९२ पुगेको छ ।

२ लाख १७ हजार ६१४ जनाको उपचार भइरहेको छ भने ४ लाख ७२ हजार ५११ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्