भोटेकोशीमा आएको बाढीले बगाउँदा २ जनाको मृत्यु, १८ बेपत्ता



सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे नगरपालिका–५ जम्बु भन्ने स्थानमा बाढीको कारण दर्जनौँ घर बगाउनुका साथै अरनिको राजमार्गमा समेत क्षति पुर्याएको छ ।

बाढीको कारण खागदलको पक्की पूल नै बगाएपछी भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सम्पर्क टुटेको छ ।

सडक भत्किएपछि उद्धार कार्यमा कठिनाई भएको ईलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । अहिले उद्धारका लागि हेलिकोप्टर पुगेको छ ।

प्रकाशित : असार २५, २०७७

प्रतिक्रिया दिनुहोस्