सरिता गिरीमाथिको कारबाहीबारे बाबुरामले खोले मुख



काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सांसद सरिता गिरीमाथि गरिएको कारबाहीबारे मुख खोलेका छन् ।

उनले भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक र पार्टीको कर्तव्य भएको उल्लेख गरे । समानुपातिक कोटाबाट सांसद बनेकी सांसद गिरीले नेपाल सरकारले नयाँ नक्सा जारी गरेपछि त्यसको विरुद्ध अभिव्यक्ति दिएपछि समाजवादी पार्टीले कारवाही गरेको विषयमा भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

उनले देश, राष्ट्रियताको गम्भीर विषयमा पार्टीको ह्विप विपरित जाने सांसद स्वतःदण्डको भागी हुने भएकाले क्षेत्र, लिंगको कुरा गर्नु सान्दर्भिक नहुने स्पष्ट पारेका छन्।

‘विचार अभिव्यक्तिकै कारण कसैलाई दण्डित गर्नु बेठीक हो। तर राष्ट्रिय(राज्य रहुन्जेल भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिकरपार्टीको कर्तव्य हुन्छ।’ बुधबारबाट बेलुका उनले ट्वीटमा लेखेका छन्, ‘झन् त्यस्तो संगीन विषयमा पार्टीको ह्विप विपरित जाने सांसद स्वतस्दण्डको भागी हुन्छ। यहाँ क्षेत्ररलिंगको कुरा गर्नु सान्दर्भिक हुन्‍न।’

असार ८ गते समाजवादी पार्टीको पदाधिकारी बैठकले सांसद गिरीलालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। पार्टीले त्यतिबेला उनलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिने निर्णय गरेपनि उनले स्पष्टीकरणको साटो प्रश्नैप्रश्न तेस्र्याएकी थिइन् ।

सांसद गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरको नयाँ राजनीतकि नक्साको विरोध गर्दै आएकी थिइन्। सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विरुद्ध पनि उनले संशोधन राखेकी थिइन्।

गिरीलाई कारवाही गरेपछि बन्द सूचीको अनुक्रममा उनीपछि नाम रहेकी लीला सिटौलालाई पार्टीले सांसद बनाउने भएको हो। समाजवादी पार्टीकी केन्द्रीय सदस्य सिटौला ललितपुर महानगरपालिका १३ की बासिन्दा हुन्। समाजवादीको तर्फबाट आदिवासी जनजातिको कोटामा राजेन्द्र श्रेष्ठ सांसद छानिनुका साथै गिरी खस आर्यको कोटामा परेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्