मन्त्रिपरिषद बैठक लगत्तै आइभरीकोस्टका प्रधानमन्त्री कोलाबालीको निधन



एजेन्सी : आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ ।कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा गरेका गरेका थिए ।

मन्त्रीपरिषद बैठकको क्रममा बिरामी परेका उनको लगत्तै निधन भएको हो । ६१ वर्षका कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्किएका थिए ।

राष्ट्रपति एलासानी ओटाराले देश शोकमा रहेको बताएका छन् । कोलाबाली मन्त्रीपरिषदको साप्ताहिक बैठकको क्रममा बिरामी परेको र अस्पताल लगिएको उनले बताए । कोलाबालीको अस्पतालमै निधन भएको हो ।

उनको निधनले आउँदो अक्टोबरमा हुने भनिएको चुनावमा अनिश्चितता पैदा गरेको छ ।

सन् २०१२ मा कोलाबालीको मुटु प्रत्यारोपण भएको थियो । उनी गएको मे २ मा उपचारका लागि फ्रान्स गएका थिए र दुईमहिनापछि स्वदेश फर्किएका हुन् ।

गएको बिहीबार स्वदेश फर्किएका उनले देशको विकासलाई निरन्तरता दिने बताएका थिए ।

प्रकाशित : असार २५, २०७७

प्रतिक्रिया दिनुहोस्