संक्रमित बढेसँगै काठमाडौंमा चहलपहल घट्यो


काठमाडौं : राजधानीको उत्तर पूर्वी भेगका दुई नगरपालिकामा बुधबार दुई कोरोना सङ्क्रमित पुष्टि भएपछि यस क्षेत्रको चहलपहल घटेको छ । कागेश्वरी मनोहरा नगर अस्पताल मूलपानीबाट यही असार २२ गते स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुईजनामा पोजेटिभ पुष्टि भएको हो । पिसिआर विधिबाट परीक्षणका लागि २८ जनाको स्वाब लगिएकामा बुधबार दिउँसो दुई जनामा पोजेटिभ पुष्टि भएको नगर अस्पतालका प्रमुख डा विप्लब अधिकारीले जानकारी दिए ।

नगर अस्पतालबाट हप्तामा दुईदिन सोमबार र शुक्रबार सो परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरिएको छ । कोरोना पोजेटिभ प्राप्त भएकामा गोकर्णेश्वर नगरपालिका वडा नं– ५ जोरपाटीका एक र कागेश्वरी मनोहरा नगरपालिका वडा नं–६ मूलपानीस्थित सृजनाटोलका एक गरी दुई जना छन् । दुवै जना केही दिन अघि साउदी र दुबईबाट स्वदेश फर्किएका हुन् । दुवै जना युवा उमेर समूहका भएको अस्पतालले जनाएको छ ।

ती क्षेत्रका मानिसमा कोरोना पोजेटिभको जानकारी पाएपछि असारको पहिलो सातादेखि बढेको चहलपहलमा कमी आएको छ । बुधबार दिउँसो दुईजनामा पोजेटिभको खबर फैलिएपछि धेरैले आ आफ्ना व्यापार व्यसाय बन्द गरेका थिए । नजिकै बस्ने मानिसमा कोरोना पोजेटिभ आएको खबर सुनेपछि जोरपाटी चोकमा कम्प्युटर इन्ष्टिच्युट सञ्चालन गर्नुहुने राजेन्द्र डङ्गोल व्यवसाय बन्द गरी घर फर्किएका थिए ।

यसअघि नेपाल मेडिकल कलेज अत्तरखेलमा भर्ना भएका दुई जनामा यही असार १५ गते कोरोना पोजेटिभ भेटिएको थियो । पोजेटिभ भेटिएका गोकर्णेश्वर ७ शिवचोककी १९ वर्षीय महिला र शंखरापुर नगरपालिका वडा नं ४ फेदीकी ३९ वर्षीय महिलाको भने ट्राभल हिस्ट्री नभएको गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले बताए ।

यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नं ६ तामाङ गुम्बा नजिकैका एक महिलामा पनि न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा पिसिआर परीक्षण गर्दा पोजेटिभ भेटिएको शाखाले जनाएको छ । नगर क्षेत्रका सबै सङ्क्रमितलाई हाल विभिन्न अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको छ ।

सङ्क्रमितको नजिकको परिवारका ११ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि सो प्रयोगशाला टेकुमा पठाइएको छ । स्वाब सङ्कलन गरिएका सबैलाई नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा राखिएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधामः सप्तरीको सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुको खानामा किरा भेटिएपछि तनाव

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ३ सय ६० मा कोरोना संक्रमण

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

विराटनगर : विराटनगरमा बिहीबार बिहान थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर

काठमाडौँ : माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा अर्काे सातामात्रै सार्वजनिक हुने भएको छ ।

काठमाडौं : बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा आज प्रतितोला

चितवन : मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पीसीआर परीक्षणको व्यवस्था हुन सकेको छैन

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका सङ्ख्या फेरि बढ्न थालेपछि सरकारले पुनः कडिकडाउ गर्ने निर्णय गरेको

काठमाडौं : गोरखाका ६ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

काठमाडौं : काठमाडौं उत्पयकामा एकै दिन एक सय २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

काठमाडौंः नेपालमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज र विराटनगरमा

काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य