गण्डकीका सात जिल्लामा थप २० जनामा कोरोना संक्रमण पुष्टि



पोखरा : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा सात जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये तनहुँका १, म्याग्दीका २, बाग्लुङका २, नवलपरासी (बर्दघाट सूता सूर्व)का ४ जना रहेका छन् । यस्तै, लमजुङका ५, गोरखाका ४ र कास्कीका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

सुस्ता पूर्वका संक्रमितलाई आईसोलेसन कक्षमा राखिएको र अन्य जिल्लाका सबै संक्रमितहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले बताए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ भने ३ सय ८६ जना निको भएर घर फर्किसकेका छन् ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्