नेपालीलाई सहयोग नगर्ने राजदूत आचार्यको व्यापक आलोचना



काठमाडौंः लकडाउनका बेला भारतमा रहेका नेपाली राजदूतावासले नेपालीलाई सहयोग नगरेको भन्दै आलोचना भएको छ ।

लकडाउनले मानिसको जीवन अस्तव्यस्त रहेको बेला भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले कुनै पनि सहयोग नगरेकोले व्यापक आलोचना भएको हो । उनले लकडाउनमा पनि नेपालीहरुको पीडामा कुनै सहजता गराउन नसकिएको भन्दै व्यापक आलोचना भएको छ ।

विभिन्न मुलुकमा रहेका नेपालका राजदूतावासलाई त्यहाँ रहेका नेपालीहरुलाई अप्ठेरोमा पर्न नदिन सरकारले निर्देशन जारी गरेको थियो ।

अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले भारतमा रहेका नेपाली कामदारहरु समास्यामा पर्दा सहयोग नगरेको भन्दै राजदूत आचार्यको आलोचना गरेकी छिन् ।

यसअघि उनले राजदूत आचार्यलाई भारतमा रहेका निकै समस्यामा परेका नेपालीहरुलाई केही आर्थिक सहयोग, खाना र आवासको व्यवस्था गरिदिन आग्रह गरेकी थिईन् तर पनि राजदूत आचार्यले उनको आग्रहलाई बेवास्ता गरेका थिए ।

आर्चायमाथि उनको नजिक रहेका केही निश्चित व्यक्तिलाई मात्रै सहयोग गरेको आरोप लागाइएको छ ।

त्यस्तै भारतको जम्मु काश्मीरमा गत सातादेखि ६ हजार ६ सयभन्दा बढी गोर्खा सैनिकलाई त्यहाँको स्थायी बसोबासको प्रमाण पत्र वितरण गरिदै छ ।

जसमा अधिकांश अवकाश प्राप्त गोर्खा सैनिकहरु रहेका छन् । उनीहरुले त्यहाँका नागरिकले पाउने सेवा सुविधा प्राप्त गर्ने छन् । ५ हजार ९ सय भन्दा बढी प्रमाण पत्रहरु जारी भएको जम्मुकाश्मीरका अतिरिक्त कार्यकारी कमिसनर विजयकुमार शर्माले बताए ।

७ सय भन्दा बढी प्रमाण पत्र प्राप्त गर्ने चरणमा रहेको जम्मुको तेहसिलदारस्थित बाहुका डा.रोहित शर्माले बताएका छन् । भारतीय सेनामा सेवा गरेका करिब २५ सय गोर्खा सैनिकहरु आफ्नो समुदायमा बसोबास गरिरहेको र ३५ सय स्थायी बसोबासका लागि आवेदन दिएको उनले बताए । उनले २५ सय जनाले प्रमाण पत्र प्राप्त गरेको र १ हजार जनाको प्रक्रियामा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्