बिहीबार १ सय ८ जना कोरोना संक्रमित थपिए



काठमाडौं– नेपालमा बिहीबार १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८ जनामा पुष्टि भएको जानकारी दिएका हुन् ।

हालसम्म कोरोना निको हुनेको संख्या सात हजार ८ सय ९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्