प्रदेश २ मा आज ७ जना संक्रमित थपिए, ४१ जना डिस्चार्ज



जनकपुरधामः प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा ७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार सिरहामा ५ जना र धनुषामा २ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ७ सय ६८ पुगेको छ । संक्रमित मध्ये ३ हजार ५ सय २१ पुरुष र २ सय ४७ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

सिरहामा संक्रमण पुष्टी भएकाहरु लहान नगरपालिकाका १५ देखि २४ बर्ष उमेर समुहका ४ जना पुरुषहरु रहेका छन् भने धनगढीमाई नगरपालिकास्थित वडा नम्बर–१२ का ४० बर्षिय एक जना पुरुष संक्रमित भएका छन् । त्यस्तै औरही गाउँपालिकाका १७ र १९ बर्षका २ जना पुरुष समेत संक्रमित भएका छन् ।

प्रदेशभरीमा बिहीबारसम्म सप्तरीमा ५ हजार १ सय १८, सिरहामा ३ हजार १ सय ७२, धनुषामा ४ हजार ६ सय ६३, महोत्तरीमा ३ हजार ५ सय ७८, सर्लाहीमा ५ हजार ८ सय ७१, रौतहटमा १३ हजार ६ सय ४५, बारामा ३ हजार ६ सय ३९ र पर्सामा ७ हजार ३ सय २२ जना गरि कुल ४७ हजार ८ जनाको स्वाब परिक्षण गरिएकोमा ३ हजार ७ सय ६८ जना संक्रमित भएका छन् भने ४१ हजार २ सय ४८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
त्यस्तै सप्तरीमा १ सय ४२, सिरहामा ६ सय ३३, धनुषामा १ सय ४५, महोत्तरीमा २ सय ८५, सर्लाहीमा २ सय ५०, रौतहटमा ३ सय ४५, बारामा ४५ र पर्सामा १ सय ४७ जना गरि कुल १ हजार ९ सय ९२ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज (बिहीबार) मात्रै सप्तरीमा ५२, सिरहामा २४, धनुषामा ४६, सर्लाहीमा १ सय ५२ र पर्सामा १ सय ७ जना गरि कुल ३ सय ८१ जनाको स्वाब संकलन गरिएको छ भने सप्तरीमा ९, सिरहामा ४३, महोत्तरीमा २० र पर्सामा २ सय ३३ गरि जम्मा ३ सय ५ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।
आरडिटी तर्फ अहिलेसम्म २३ हजार ३ सय ७५ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा १ सय ४७, धनुषामा १ सय ६६, महोत्तरीमा ४ सय ७६, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४४ र पर्सामा २१ जना गरि कुल १ हजार ४८ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २२ हजार ३ सय २७ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ७ सय ९१ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले २ हजार ७ सय १८ जनालाई राखिएको छ भने १९ हजार ९५ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ९ सय ६८ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ६१, सिरहामा १ सय ८, धनुषामा ८८, महोत्तरीमा १ सय १, सर्लाहीमा ९, रौतहटमा ५३, बारामा ८ र पर्सामा ७ जना गरि कुल ५ सय ३५ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ७ सय १२, सर्लाहीमा ६ सय ४९, धनुषामा ४ सय ७२, सप्तरीमा २ सय ४१, सिरहामा २ सय २, पर्सामा १ सय ६२ र बारामा १ सय १२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ४१ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका ९ जना, धनुषाका १६ जना, महोत्तरीका ७ जना र सर्लाहीका ९ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ सय ३०, सिरहाका ७६, धनुषाका ३ सय ६५, महोत्तरीका २ सय २९, सर्लाहीका ५ सय ८९, रौतहटका ६ सय १३, बाराका १ सय ७ र पर्साका १ सय ७१ जना गरि २ हजार २ सय ८१ जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेका छन् । प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १-१ जना गरि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्