ट्रम्पले गरे आँधी प्रभावित क्षेत्रको निरीक्षण



अलाबामा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित अलाबामा राज्यको स्थलगत निरीक्षण गर्नुभएको छ । शक्तिशाली आँधीले अलाबामा राज्यको ग्रामीण क्षेत्रमा जनधनको ठूलो क्षति भएको थियो । 

गत आइतबारको आँधीले ग्रामीण क्षेत्रका घरहरु भत्काएको, रुखहरु ढालेको तथा दुई दर्जनजति स्थानीयबासीको मृत्यु भएको थियो । आँधीबाट खासगरी बेउरगार्ड इलाका सर्वाधिक प्रभावित भएको छ । उक्त इलाकामा कुनै पनि घर दुरुस्त अवस्थामा छैनन् भने घरभित्रका सामान जताततै छरपस्ट देखिएका छन् । 

राष्ट्रपति ट्रम्पले आँधीले पु¥याएको क्षति अविश्वसनीय रहेको बताउनुभयो । राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्पले पीडितहरु, उनीहरुका परिवार र स्वयंसेवीसँग भेटघाट गर्नुभएको थियो । आँधीबाट २३ जनाको मृत्यु भएको थियो जसमा चार जना बालबालिका र दुई जना ८० वर्षको हाराहारीका वृद्ध थिए । 

राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानीयाले उक्त क्षेत्रमा हेलिकप्टरबाट पनि निरीक्षण गर्नुभएको थियो । उहाँहरुले चर्चमा पुगी त्यहाँ सञ्चालित विपद उद्धार केन्द्रमा आश्रय लिइरहेका मानिसहरुसँग भेटघाट गर्नुभएको थियो । एपी

प्रतिक्रिया दिनुहोस्