विश्वभर २४ घण्टा भित्र २ लाख २१ हजार कोरोना संक्रमित थपिए



एजेन्सी : विश्वभर एकै दिन २ लाख २१ हजार कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ लाख २१ हजार ६ सय १ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १ करोड २३ लाख ७७ हजार पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकामा झण्डै ६१ हजार संक्रमित थपिएका छन् ।

ब्राजिलमा ४२ हजार ९ सय, भारतमा २५ हजार ८ सय, रसियामा ६ हजार ५ सय, मेक्सिकोमा ७ हजार, दक्षिण अफ्रिकामा १३ हजार ६ सय, पाकिस्तानमा ३ हजार ३ सय जनामा नयाँ संक्रमण पुष्टि भएको समाचार एजेन्सीहरुले जनाएको छ ।

एकै दिन ५ हजार ३ सय ६७ जनाको मृत्यु भएको छ । ब्राजिलमा १२ सय, अमेरिकामा ९ सय ४५, मेक्सिकोमा ७ सय ८२, भारतमा ४ सय ७९, इरानमा २ सय २१, पेरुमा १ सय ८१, रसियामा १ सय ७६, पाकिस्तानमा ६१ जनाको मृत्यु भएको छ ।

कूल संक्रमितमध्ये ७१ लाख ८१ हजार जना उपचारपछि निको भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ५६ हजार ५ सय ६४ पुगेको छ ।

यसैबीच, बेलायत सरकारले स्वीमिङ पुल, जिम क्लब तथा ट्याटु पार्लर खोल्न अनुमति दिएको छ ।

यसका साथै क्रिकेट जस्ता आउटडोर खेल र सीमित दर्शक राखेर आउटडोर थिएटरमा प्रदर्शन गर्न दिने निर्णय पनि सरकारले गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्