म्याग्दीमा पहिरो, ७ जना वेपत्ता



काठमाडौं : म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको रिखामा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर सात जना बेपत्ता भएका छन् ।

अविरल वर्षाको कारण घण्टिवाङ भन्ने ठाउँबाट खसेको पहिरोमा परि दुई परिवारको सातजना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

पहिरोले माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार विस्थापित भएका छन् भने घण्टीवाङ मुनीको रिखामा ६ घरमध्ये चार घर विस्थापित भएका छन्।

पहिरो लगातार झरिरहेको कारणले गर्दा उद्धार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ । घटनास्थलमा हेलिकप्टर जान लागेको छ तर खराब मौसमका कारण उड्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्