पूर्वमा सवारीसाधन ठप्प



सुनसरी । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण पूर्वी नेपाल तथा देशभर सार्वजनिक यातायात ठप्प रहेकाे छ  ।

 

सरकारद्वारा जारी गरिएकाे सवारी ऐन यातायात मजदुर मैत्री नभएको भन्दै मंगलवारदेखि सार्वजनिक यातायात नचलाउने निर्णय गरेका हुन् ।

 

जारी गरिएकाे ऐन संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका चालकले माग पूरा नभएसम्म यातायात नचलाउने घोषणा गरेका हुन् ।

 

ऐनमा सवारी चालकलाई अपराधी सरह बनाएको, जन्म कैदको फैसला गर्ने व्यवस्थाप्रति असन्तुष्ट रहेको र  यातायात ठप्प पार्नुकाे विकल्प नभएकाे संयोजक शर्माले बताए ।

 

पूर्वका झापा, माेरङ, सुनसरी लगायत पूर्वी पहाडी जिल्लाहरूमा सार्वजनिक यातायात ठप्प रहेका छन् ।  यातायात व्यवसायी अान्दाेलनमा उत्रिएपछि सर्वसाधारणलार्इ सास्ती भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्