अमेरिकामा दुई दिनमा १ लाख २१ हजार संक्रमित



एजेन्सी : ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा दुई १ लाख २१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ६१ हजार ६३ जना संक्रमित भएका छन् ।

यसअघि विहीबार पनि त्यहाँ ६१ हजार ८४८ जना संक्रमित भएका थिए । दैनिक ६० हजारभन्दा बढी संक्रमित थपिदै गएपछि अमेरिकामा संक्रमण हुनेको संख्या ३२ लाख नाघेको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ३२ लाख १९ हजार ९९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९४६ जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ८०८ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १४ लाख २६ हजार ४२८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १६ लाख ५७ हजार ७५९ जनामध्ये १५ हजार ६४५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्