कर्णाली प्रदेशसभाका संसदीय समितिले बल्ल नेतृत्व पाउँदै


सुर्खेत : कर्णाली प्रदेशसभाका विषयगत समितिले गठन भएको २७ महिनापछि बल्ल नेतृत्व पाउने भएका छन् । प्रदेशसभा सचिवालयले यही असार २८ गते निर्वाचनमार्फत संसदीय समितिको नेतृत्व चयन गर्ने तयारी गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलभित्रको आन्तरिक विवादका कारण समितिले नेतृत्व पाउन सकेको थिएन । ‘मिनि संसद्’ भनिने संसदीय समितिले लामो समयसम्म नेतृत्व पाउन नसक्दा प्रदेशसभा सचिवालय र सत्तारुढ नेकपाको आलोचना हुने गरेको थियो । कर्णाली प्रदेशसभामा विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, सामाजिक विकास र अर्थ तथा प्राकृतिक स्रोत समिति गरी चार संसदीय समिति छन् । प्रदेशसभाका निमित्त सचिव वीरेन्द्रबहादुर केसीले प्रदेशसभा नियमावली २०७४ को नियम १४८ बमोजिम असार २८ गते दिउँसो १ बजे समितिका अध्यक्ष पदमा निर्वाचन हुने जानकारी दिए। त्यस्तै, असार २७ गते साँझ ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्नेछ ।

समितिमा हालसम्म सदस्यमध्येबाट ज्येष्ठताका आधारमा अध्यक्षता गर्ने गरिएको छ । अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षता नेकपाका अम्मरबहादुर थापा, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षता नेकपाका पदमबहादुर रोकाय, सामाजिक विकास समितिको अध्यक्षता नेकपाकै राजु नेपाली र सार्वजनिक लेखा समितिको अध्यक्षता नेपाली काँग्रेसका दिनबन्धु श्रेष्ठले गर्दै आएका छन । २०७४ चैतमा विषयगत समिति गठन भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधामः सप्तरीको सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुको खानामा किरा भेटिएपछि तनाव

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ३ सय ६० मा कोरोना संक्रमण

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

विराटनगर : विराटनगरमा बिहीबार बिहान थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर

काठमाडौँ : माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा अर्काे सातामात्रै सार्वजनिक हुने भएको छ ।

काठमाडौं : बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा आज प्रतितोला

चितवन : मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पीसीआर परीक्षणको व्यवस्था हुन सकेको छैन

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका सङ्ख्या फेरि बढ्न थालेपछि सरकारले पुनः कडिकडाउ गर्ने निर्णय गरेको

काठमाडौं : गोरखाका ६ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

काठमाडौं : काठमाडौं उत्पयकामा एकै दिन एक सय २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

काठमाडौंः नेपालमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज र विराटनगरमा

काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य