तीन कम्पनीका शेयर सूचीकृत, कुन कम्पनीको कति ?



काठमाडौँ : धितोपत्र बजारमा यस साता विभिन्न तीन कम्पनीका शेयर लाभांश सूचीकृत गरिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेन्ट्रल फाइनान्स लिमिटेडको ६ लाख ६३ हजार ८४६ कित्ता शेयर लाभांश सूचीकृत भएका छन् । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको १ लाख ५२ हजार ५५३ कित्ता शेयर लाभांश र मेगा बैंकको १० लाख ३० हजार ९४८ कित्ता शेयर लाभांशसमेत सूचीकृत भएको छ । 

स्टकका अनुसार यस साता कूल १७६ कम्पनीको शेयर कारोवार भएको छ । बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम शीर्षस्थानमा रहेको छ । टेलिकमको रु एक खर्ब दुई अर्ब ६० करोड बराबर रहेको छ । यस्तै नबिल बैंक लिमिटेडको बजार पूँजीकरण रु ५५ अर्ब ३० करोड ५५ लाख ८५ हजार २०० रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ४८ अर्ब ८० करोड ५९ लाख सात हजार ४६० बराबरको बजार पूँजीकरण रहेको छ ।

 

साताको पहिलो दिन एक हजार एक सय दशमलव ५८ विन्दुमा रहेको कारोवार मापक नेप्से परिसूचक साताको अन्तिम दिन अर्थात् गत बिहीबार २७ विन्दुले बढेर एक हजार १२७.७७ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ५.८४ विन्दुले बढेको छ । 

 

प्रतिक्रिया दिनुहोस्