सुनको मूल्य दुई सय रुपैयाँले घट्यो



काठमाडौं– शुक्रबार सुनको भाउ दुई सय रुपैयाँ प्रतितोलाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार २ सय कायम गरेको छ । बिहीबार तोलाको ९२ हजार ४ सयमा कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि तोलामा २ सय ५ रुपैयाँले घटेको छ । आज तेजाबी सुनको मूल्य ९१ हजार सात सय ६० कायम छ ।

यस्तै शुक्रबार चाँदीको भाउ भने तोलाको ९ सय ८० रुपैयाँमा स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्