राष्ट्रबैंकद्वारा शनिबार बैंक तथा वित्तीय संस्थाहरु खोल्न निर्देशन



काठमाडौंः नेपाल राष्ट्र बैंकले भोलि (शनिबार) बैंकहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ ।

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक बिदामासमेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजस्व बुझ्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैंकका शाखाहरू खुला राख्न निर्देशन दिएको जानकारी दिए ।

उनका अनुसार बैंक मात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउससमेत भोलि शनिबार खुला रहनेछ । सरकारलाई तिर्नुपर्ने राजस्व तिर्न असार मसान्तसम्म शनिबारमात्रै होइन अन्य सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरूलाई खुला राख्न निर्देशन दिने गरेको थियो ।

कोभिड–१९ का कारण सरकारको राजस्व उठ्न नसकेको र सर्वसाधारणलाई सहजताका लागि बैंकहरू खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्