प्रहरीको थुनाबाट हत्कडीसहित फरार युवक पुनः पक्राउ



कैलालीः थुनाबाट हत्कडीसहित फरार युवकलाई प्रहरीले पुनः पक्राउ परेको छ ।

जिल्लाको चुरे गाउँपालिका ६ भावरका २३ वर्षीय गणेश बहादुर ऐरलाई प्रहरीले पुनः पक्रेको हो ।

बुधवार राति ९ बजे उनी ईलाका प्रहरी कार्यालय फल्टुडेको थुनाबाट हत्कडीसहित फरार भएका थिए ।

पुनः पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कैलाली ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले जानकारी दिए ।

उनलाई फलामको रड र धारीलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्