म्याग्दीमा बाढी पहिरोमा परेर १० को मृत्यु, १२ जना बेपत्ता



म्याग्दीः बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दीमा बाढी र पहिरोमा पुरिएर १० जनाको ज्यान गएको छ भने १२ जना बेपत्ता भएका छन् ।

बाढी तथा पहिरोमा परेर मालिका गाउँपालिका-७, विममा ८ जना र धवलागिरी-७, ताकममा २ जनाको ज्यान गएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

यसैगरी धवलागिरी-६, मराङमा बाढी तथा पहिरोमा परेर १२ जना बेपत्ता भएका प्रजिअ ढकालले बताए । उनले दिएको जानकारी अनुसार मराङमा २० घरधुरी, विममा १० घरधुरी र ताकममा ५ घरधुरीमा क्षति भएको छ ।

बाढीपहिरोमा परेर ज्यान गुमाएकाको परिचय खुल्न बाँकी रहेको उनले बताए । अविरल वर्षाका कारण बेनी-जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरस्थित रघुगंगा खोलामाथिको पक्की बेलिब्रिजमा बाढीले पूर्ण रुपमा क्षति पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्