“सन्जु” एकपात्री भाग-२



मोबाईलको भाइब्रेसनले गर्दा मस्त निन्द्राबाट बिउझिन पर्यो । एउटा आँखा खोल्नै सकिन एसो हेरे गगनको फोन आईरहेको छ । घडिको माथि ८ः ३० बजेको छ । फोन उठाइन भने उसले निरन्तर फोन गर्छ नै उठाए भने के के भन्ने हो फेरि ।
निन्द्राकै झोकमा मैले उठाए ।

“ओई नेता“-गगन को ठुलो स्वर छ
खोक्रो आवाजमा फर्काए “अहँ भन भन …!“
“अझै सुतेकै छौ तिमि ?”
जवाफमा “ अहँ राति निन्द्रै लागेन भनेको..!“
“सुनन ..! म रोसिकालाई भेट्न आको । गणेश मन्दिर मै छु । कसैलाई यता चिनेको छौ भने सोध्देउन ..! यहि हो कि अरु ठाउँमा ..“
“लौ ..! रोसिकाले तिमिलाई बोलाको कहाँको गणेश मन्दिर ?“
“बनस्थलि पिपलबोटको के ..“
“खै त्यहाँ त्यहि एउटा छ । उतै होला हेरन ..! कतै बसेको पो छ कि ? “
“ ल ल म हेर्छू तिमि पनि कसैलाई थाहाँ छ यता अरुपनि मन्दिर छन् कि ? सोध्देउन है ..!“
हस भन्न न पाउदै उसको फोन काटियो ।
अघि सम्म झ्याप्प हान्ने निन्द्राले पनि साथ छोडिसकेको थियो । अब हेरौ को छ त्यहाँ भनेर सोचे । म्यासेन्जरको टपमा मनिस पन्त थियो । उतै रानिवन तिर बस्थ्यो भन्ने थाहाँ थियो मलाई । सोधे त्यहिँ हो एउटा भनेर भन्यो उसले ।
फोन फर्काए
“ त्यहि एउटा हो भन्यो मनिसले ..! त्यहि हो ..!“
खै यहाँ छैन अघि बोलाको मलाई १५ मिनेट भैसक्यो भेट्टिन्न भन्या “
“ल ल खोजन …! त्यतै कतै हुन पर्छ ।“

हस भन्दै फोन राखे मैले ।
मैंले गगनसंग २ बर्ष लामो सङ्गत गरेको छु । त्यहि दौडमा उसको र रोसिकाको प्रेम पनि निकै अनौठो छ । प्रेमको आभाषमा मग्न ति दुबै मलाई सुन्दर जोडि लाग्थ्यो । सायद भाविले लेखेको होला ति दुबैको मिलन बहुत अच्चमको छ । रोसिका अलिक सहज र मनोरञ्जन स्वभावकि छ र गगन भने अलिक कठोर र रिसालु स्वभावको छ । पहिला पहिला त उनिहरुको जोडि टिक्दैन कि जस्तो लाग्थ्यो तर ति दुबैले धेरै संघर्ष गरेर आफ्नो सम्बन्धलाई पुर्णता दिएका थिए ।

पुरानो कुराहरु मनमा खेलि रहेछन् । बेडबाट उठे र फ्रेस भएर किचेन पसे । फ्रिजमा पाउरोटि रहेछ । पाउरोटि लाई आमाले पठाईदिनु भएको शुद्ध भैसिको ध्युमा मन्ध आगोमा फ्राई गर्न थाले । अर्को पट्टि चिया उमाले ।

येसो समय हेरेको ठिक ९ बजे छ ।चिया र पाउरोटि बोकेर ल्यापटप अगाडि बसे । मलाई थाहाँ छ सन्जुको मेल रिप्लाई आज जसरि पनि गर्न छ । त्यसैले मन फुरुङ्ग पनि भएको छ भने कतै संङ्का पनि लागेको छ । मन मननै सोचे “संङ्काले त लङ्का जलाउँछ भनेर ..!“

चियाको चुस्कि लिए । अलिकति चिनि कम छ होस् तर ब्रेड मिठ्ठो छ । ल्यापटप खुल्यो हिजो बेल्काको अचुत घिमिरेको आवाज विच्चमा गएर रोक्किएको रहेछ । ल्यापटपलाई रिफ्रेस गर्दै इमेल चेक गरे । इमेल ३ जनाको आएको रहेछ । एउटा अफिस बाट र अर्को दुइवटा पर्सिको मिटिङ्गमा आफ्नो सहभागिता हुन्छ भनेर इमेल रिप्लाई आएको थियो । अफिसको इमेल खासै महत्वपूर्ण थिएन । ’भिनार’ सम्बन्धि पहिलो ड्राफ्ट आएको थियो । पढेर प्रतिक्रिया जनाउनु थियो । केहि पना लेख्न छ मेरो मस्तिष्कले भन्दै थियो । मैंले हिजो मात्र युवाको वितृष्णा र अहिले बढ्दै गएको आत्महत्या बारे एउटा रिपोटको आधारमा नेपालको परिवेशबारे उढृत गर्दै लेख्दै थिए । आजलाई त्यो पनि नगर्ने निदो गरे ।

मलाई आज इमेल पठाउन छ । मात्र इमेल ..!
वड फाइल खोले र लेख्न थाले.. !
“प्रिय सन्जु । सन्चै छौ होला । सायद तिमि मेरो फ्रेन्ड रिक्वेस्ट र इमेलको प्रतिक्षारत छौ, जस्तो आभाष मलाई भएको छ । म निकै आभारि छु तिमि जस्तो पाठक पाएकोमा । मेरो लेखनमा कत्ति अशुद्ध भएता पनि तिम्रो शब्दले मलाई मेरो मनको मालि बाट मालिक बनाई फुरुङ्ग बनाएको छ । तिम्रा शब्दहरुको लागि निकै आभारि छु । मैंले यो पत्र पढ्दै गर्दा तिमि मेरै अधिनमा रही यो पत्र पढिरहेकि छौ जस्तै लाग्यो । तर लेखन मेरो भन्दा तिम्रो तिख्खर छ । साँच्चि तिमिले लेखेझै मैले तिमिलाई फेसबुकको रिक्वेस्ट देखि म्यासेन्जरको डाइरेक्ट म्यासेज सम्म खोजे अँह म असफल भए तिमिलाई भेट्टाउन । मैंले त त्यो पढ्दै गर्दा कसैको मजाक त होईन भनेर मेरो बच्चै देखिको साथि रजनिसलाई पनि राति फोन गरेर थर्काए । सायद ऊ रिसाकै छ होला अझै सम्म । तिम्रा हरेक शब्दले मलाई बाधेर राखे । ति शब्द भित्र तिम्रो आवाज र चेहेराको परिकल्पना गर्दै थिए । सम्वतस् यो इमेल पछि तिमि र म सायद फेसबुकमा जोडिने छौ । तिम्रो पत्रको अन्तिम हरफले मलाई खिन्न महसुस गराएको छ । सायद थुप्रै पाठक तथा साथिहरुले फ्रेन्ड रिक्वेस्ट पठाउदा मैले तिमिलाई नियाल्न मेरा यि दोषि आँखाहरु चुके होलान् । त्यसको लागि म क्षमा प्रार्थी छु । तर अब प्रतिक्षाको घडि सक्किएको छ जस्तो लाग्छ । तिम्रो र मेरो थप कुरा म्यासेन्जरमा हुने छन होला । साथै तिम्रो आकृतिमा मेरा केयर रियाक्टहरुले ठाउँ ओगट्ने छन् होला भन्ने आशा बोकेको छु । तिम्रो रिक्वेस्टको प्रतिक्षामा म छु ।“

लेखनमा पुर्ण रुपमा डुवेको पत्तो नै पाईन एसो हेरे धेरै बहकिएको जस्तो लागेर मैले त्यहिँ आफ्ना शब्दहरुलाई विट मारे । अन्तिममा “उहि तिम्रो दिवाकर“ लेखे
अब केबल प्रतिक्षा छ ! उस्को रिक्वेस्ट वा त उसको इमेल रिप्लाई …!
अर्को भाग अर्को हप्ताको शुक्रबार …!
यो भाग बुझ्नलाई यो सन्जु र “सन्जु“ भाग-१ पढ्नु होला ।

प्रतिक्रिया दिनुहोस्