शुक्रबार १ सय १८ कोरोना संक्रमित थपिए



काठमाडौं– शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा १ सय २० डिस्चार्ज भएका छन्। अहिलेसम्म ८ हजार ११ संक्रमित निको भएका छन्। कोरोना संक्रमणबाट नेपालमा ३५ जनाको मुत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्