जागिरको प्रलोभन दिँदै लाखौं ठग्ने एक ब्याक्ति प्रहरी फन्दामा 



सुर्खेतः गैर सरकारी संस्थामा जागिर लगाइदिन्छु भन्दै एक ब्याक्तिले लाखौं ठगेका छन् । जागिर दिने प्रलोभन देखाएर हुम्लाका विभिन्न क्षेत्रका युवाबाट तीनलाख १४ हजार रकम उठाएरु फरार भएका मानबहादुर रावल शनिबार नेपालगन्ज विमानस्थलमा पक्राउ गरेका छन् ।

मुगुमा रहेको दियालो नामको गैर सरकारी संस्थामा प्रति ब्यक्ति महिनाको १७ हजारको तलब पाउनेगरी रोजगार दिलाउँने भन्दै धरौटी बापत प्रतिब्यक्ति ५५ हजारका दरले रकम उठाएका रावल केहि दिन अघि हुम्लाबाट फरार भएकोे अदानचुली गाउँपालीका २ का बसन्त बोगटीले जानकारी दिए । हुम्लाको दक्षिणी क्षेत्रबाट प्रवेश गरेका रावलले करिब १२ जनाको रकम ठगी गरेका थिए ।    रकम लिएर भागेका रावल नेपागन्ज विमानस्थलमा फेला परेको विमानस्थलमा सुरक्षामा खटीएका प्रहरी सहायक निरीक्षक चक्र बुढाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्