पहलमानपुर-लालबोझी सडक खण्ड मर्मतको माग गर्दै प्रदर्शन



सुखडः कैलालीको पहलमानपुर-लालबोझी सडक खण्ड मर्मतको माग गर्दै स्थानीयले प्रर्दशन गरेका छन् ।

घोडाघोडी नगरपालिका-११ को सिसैया चौकमा भेला भएका स्थानीयले सडक मर्मतको माग गर्दै प्रर्दशन गरेका हुन् ।

स्थानीयहरुले पहलमानपुर–लालबोझी सडक खण्डमा सवारी साधन चलाउन सकिने अवस्था नरहेकाले तत्काल सडक मर्मतको माग गर्दै दबाब मुलक कार्यक्रमसहित प्रर्दशन गरेका छन् ।

सो सडक खण्ड हिलाम्य भएर अहिले मोटरसाईकल र साईकल बाहेकका सवारी साधन सञ्चालन हुन सकेको छैन । स्थानीयले आवतजावतमा निकै सास्ती झेल्नु परेको छ ।

कैलाली निर्वाचन क्षेत्र न.३ का प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले उक्त सडकलाई चुनावी नारा बनाए पनि अहिलेसम्म कालोपत्रे हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्