आईजीपीलाई बधाई दिन सेना प्रमुख पुगे प्रहरी हेडक्वार्टरमा



काठमाडौंः नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई दिएका छन् ।

थापाले शुक्रबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर महानिरीक्षक थापा क्षेत्रीलाई सफल कार्यकालको शुभकामनासहित बधाई दिएका हुन् ।

भेटघाटका अवसरमा उनीहरुबीच दुवै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल भएको थियो ।

प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापालाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको ‘राष्ट्रिय हतियार’ खुकुरीसमेत प्रदान गरे ।

प्रहरी महानिरीक्षक थापाले प्रधानसेनापति थापालाई मायाको चिनोस्वरूप ‘मोमेन्टो’ प्रदान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्