प्रदेश २ स् १७ संक्रमित थपिए, ९ जना डिस्चार्ज, संक्रमितको संख्या ३ हजार ७८५ पुग्यो



जनकपुरधाम: प्रदेश न.२ मा पछिल्लो २४ घण्टामा १७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार सर्लाहीमा ६ जना, सिरहामा ४ जना, धनुषामा ४ जना र महोत्तरीमा ३ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ७ सय ८५ पुगेको छ । संक्रमित मध्ये ३ हजार ५ सय ३८ पुरुष र २ सय ४७ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

सर्लाहीमा संक्रमण पुष्टी भएकाहरु सन्त अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजमा रहेका २४ देखि ४१ बर्ष उमेर समुहका ६ जना पुरुषहरु रहेका छन् । सिरहाको लहान नगरपालिकास्थित क्वारेन्टाईनमा रहेका ४० बर्षिय एक पुरुष र सुखिपुर नगरपालिका वडा नम्बर ३,८ र १० का १९ देखि ४५ बर्ष उमेर समुहका ३ जना पुरुषहरु रहेका छन् भने धनुषाको नगराईन नगरपालिकाका १७ देखि ३५ बर्ष उमेर समुहका ४ जना पुरुषहरु संक्रमित भएका छन् । त्यस्तै महोत्तरीको मनरा सिस्वा नगरपालिकास्थित क्वारेन्टाईनमा रहेका २५ देखि ३० बर्ष उमेर समुहका ३ जना पुरुष समेत संक्रमित भएका छन् ।

प्रदेशभरीमा शुक्रबारसम्म सप्तरीमा ५ हजार १ सय १८, सिरहामा ३ हजार १ सय ७२, धनुषामा ४ हजार ६ सय ६६, महोत्तरीमा ३ हजार ५ सय ७८, सर्लाहीमा ५ हजार ८ सय ७१, रौतहटमा १३ हजार ६ सय ४५, बारामा ३ हजार ६ सय ३९ र पर्सामा ७ हजार ४ सय ११ जना गरि कुल ४७ हजार १ सय जनाको स्वाब परिक्षण गरिएकोमा ३ हजार ७ सय ८५ जना संक्रमित भएका छन् भने ४१ हजार ५ सय ३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ सय २४, सिरहामा ५ सय ३९, धनुषामा १ सय १५, महोत्तरीमा २ सय ७४, सर्लाहीमा २ सय ३०, रौतहटमा ३ सय ४४, बारामा ४५ र पर्सामा १ सय १० जना गरि कुल १ हजार ७ सय ८१ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज ९शुक्रबार० मात्रै धनुषामा ३ र पर्सामा ८९ जना गरि कुल ९२ जनाको स्वाब संकलन गरिएको छ भने सप्तरीमा ९, सिरहामा १७ र पर्सामा २ सय २८ गरि जम्मा २ सय ४५ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म २३ हजार ६ सय २० जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा १ सय ५१, धनुषामा १ सय ६६, महोत्तरीमा ४ सय ७६, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४४ र पर्सामा २१ जना गरि कुल १ हजार ५२ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २२ हजार ५ सय ६८ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ७ सय ९१ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले २ हजार ७ सय २५ जनालाई राखिएको छ भने १७ हजार ३ सय ३३ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ९ सय ६८ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ७२, सिरहामा १ सय ८, धनुषामा ८६, महोत्तरीमा ९४, सर्लाहीमा ९, रौतहटमा ६०, बारामा ४ र पर्सामा ६ जना गरि कुल ५ सय ३९ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ७ सय १५, सर्लाहीमा ६ सय ४९, धनुषामा ४ सय ७६, सप्तरीमा २ सय ४७, सिरहामा २ सय ६, पर्सामा १ सय ६२ र बारामा १ सय १२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ९ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका ३ जना, बाराका ५ जना र पर्साका १ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ सय ३०, सिरहाका ७६, धनुषाका ३ सय ६८, महोत्तरीका २ सय २९, सर्लाहीका ५ सय ८९, रौतहटका ६ सय १३, बाराका १ सय १२ र पर्साका १ सय ७२ जना गरि २ हजार २ सय ९० जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् । प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १-१ जना गरि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्